काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयानका लिँदैछ ।
बुधबार समितिले जबरासँग चार वटा प्रश्न सोधेको थियो । जवाफ दिनेक्रम नसकिएपछि आज बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।
आफूविरुद्धको महाभियोग प्रस्ताव सामना गर्न पहिलो दिन महाभियोग सिफारिस समितिमा उपस्थित हुनुभएका राणाले सत्ता गठबन्धनदेखि सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीमाथि समेत गम्भीर अभियोगहरू लगाउनुभएको थियो ।
राणाले समितिसमक्ष उपस्थित भएर रेकर्ड गराएको बयानका आधारमा कतिपय न्यायाधीशलाई महाभियोग लगाउने आधारसमेत तयार भएका छन् भने उहाँले सहकर्मी न्यायाधीशहरूका निहित स्वार्थका कारण आफूविरुद्ध महाभियोग ल्याइएको खुलासासमेत गर्नुभएको छ । तर, सत्तापक्ष तथा प्रतिपक्षका सांसदले भने निलम्बित प्रधानन्यायाधीश राणा भावनात्मक कुरामा बहकिनुभएको आरोप लगाएका छन् ।
महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरेर जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो। उहाँविरुद्ध गत फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका