बागलुङको गलकोटमा पहिरोले घर पुरियो

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

-डम्मर बुढा मगर
बागलुङ । बागलुङको गलकोटमा पहिरोका कारण एक पुरिएको छ ।

दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका वडा नम्बर-११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मरबहादुर श्रीसले जानकारी दिनुभयो ।

पहिरोले घर पुरिँदा रानाको परिवार विस्थापित भएका छन् । अहिले उनीहरु आफन्तकोमा आश्रय लिएको अध्यक्ष श्रीसले बताउनुभयो । पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको उहाँको भनाई छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?