पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

-डम्मर बुढा मगर
बागलुङ । पहिरोेले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर-५ अम्बोट नजिक पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो ।

तीन दिनदेखि लगातार परेको वर्षाका कारण सडकमाथिदेखि खसेको पहिरोले बिहीबार विहानदेखि लोकमार्ग पूर्णरुपमै बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभयो ।

भारी वर्षा भइरहेको र पहिरो नगरोकिएको हुँदा सडक संचालन गर्न तत्काल नसकिने न्यौपानेले बताउनुभयो । पहिरो पन्छाउनका लागि डोजर, स्काभेटर लिएर पहिरो गएकोस्थानमा पुगे पनि भारी वर्षाका कारण सडक खुलाउन नसकेको उहाँको भनाई छ । पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?