एमाले कैलालीका पूर्वअध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकाे छ ।

स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट हटाएको थियो । एमालेबाट कारबाहीमा परेका थापा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकाे हाे ।

उहाँसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद कैयालाल चौधरी पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेको सो पार्टीका नेता लक्ष्मण थारुले बताउनुभयाे ।

‘कैलालीमा कांग्रेस र एमालेबाट धेरै नेता कार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्,’ उहाँले भन्नुभयाे, ‘अहिले उहाँहरूका मागका विषयमा छलफल भइरहेको छ ।’ आगामी निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशको वैकल्पिक शक्ति बन्ने दाबी गर्दै उहाँले प्रदेश, ५, ७ र २ मा आफ्नो पार्टीको सरकार बन्ने बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?