चोलेन्द्र शमशेर जबरासँगको दोस्रो दिनको बयान सकियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । उहाँलाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो ।

समितिका सदस्यहरुले आज उहाँलाई दुईवटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । समितिले १९ भदौ बिहान ११ बजे उहाँलाई बयानका लागि बोलाएको छ ।

बुधबारबाट उहाँको बयान सुरु गरिएको हो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उहाँको बयान लिन थालेको हो ।

बयानका क्रममा उहाँले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको भन्दै न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाउनुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?