जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन हुँदै

Read Time = 2 mins

-विजय रावत

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन भएको छ । केबुलकार संचालनार्थ सम्भाव्यता अध्ययन गर्न रोपवे नेपाल प्रालीको टोली गत साता जुम्ला पुगेर फर्किएको छ ।

केबुलकारले आन्तरिक र बाह्य पर्यटनको सम्भावना बोकेको ठाउँ जुम्ला भएकोले सो स्थानमा केबुलकारको सम्भाव्यता अध्ययन गरेको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताउनुभयो । नगरप्रमुख कठायतले चुनावी घोषणापत्रमै केबुलकार संचालनमा ल्याउने जस्ता एजेन्डा रहेका थियो । आफ्नो काम अनुसार व्यावहारिक कार्यान्वयनका लागि नगर प्रमुख कठायत अघि बढेका हुन । जुम्लामा धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य नगरपालिका भित्र छन् । धिमीदेखि चेरैचौरहुँदै खाली जोड्नका लागि केबुलकार संचालनमा ल्याउन सकिए रारा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायतले जानकारी दिनुभयो ।

जिल्लाको व्यापार–व्यवसाय र पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गरी जिल्लामा ल्याउन सके यहाँको आर्थिक गतिविधिमा चलायमान हुने यहाँका सरोकारवाला बताउँछन् । काठमाडौं महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा तीन करोडको लागतमा पार्क निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । दानसाँघुदेखि चिमारासम्मका केबुलकार संचालन गर्न करिब ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?