लमजुङको दोर्दीमा पहिरोले चार घर विस्थापित, ६ घर उच्च जोखिममा

Read Time = 1 min
A A- A+

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीमा पहिरोले चार घर विस्थापित भएको छ । बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको घर विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताउनु भयो ।

उहाँका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जोखिममा परेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?