एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए

Read Time = 1 min

काठमाडौं । एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गर्नुभएको छ ।

अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराउनु भयो। शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट जानुभएको थियो। उहाँसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गर्नुभयो ।

बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष करवीर चौधरी, तारा लामालगायतलाई एमाले प्रवेश गराउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?