भीरबाट लडेर जुम्लामा एकजनाको मृत्यु

Read Time = 1 min

-विजय रावत 
जुम्ला । जुम्लामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका(१ रारा निवासी ६० वर्षीय लालसरी रावतको घटना स्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

विहीवार दिउँसो १२ बजेतिर घरबाट गहुँको पिठो मिस्न घट्ट जाने क्रममा घाट भीरबाट ५० मिटर तल खसेर रावतको मृत्यु भएको जिल्ला जिल्ला कार्यालय जुम्लाले जनाएको छ । रावतको शवलाई पोष्टमार्टमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
hari bahadur budha
hari bahadur budha
2022-09-01 8:46 pm

दुखद घट्ना

रिलेटेड न्युज

छुटाउनुभयो कि ?