भोजपुर कांग्रेसले पठायो उम्मेदवारको सिफारिस

Read Time = 3 mins

भोजपुर । नेपाली कांग्रेस भोजपुरले आगामी मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली ३५ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ ।

सिटका बिषयमा गठवन्धन दलमा टुंगो लागि नसके पनि प्रतिनिधीसभा, प्रदेशसभा र समानुपातिकहरुको नामावली भोजपुर कांग्रेसले प्रदेश समितिमा पठाएको हो । कांग्रेस भोजपुर सभापति बिनोद बान्तवाका अनुसार प्रत्यक्ष तर्फ प्रतिनिधीसभाका लागि उमेशजंग रायमाझी, बिनोद बान्तवा र शिव खत्रीको नाम सिफारिस गरिएको छ । यस्तै समानुपातिक तर्फ सिफारिस हुनेमा धर्मराज राई, नन्दमणी राई, बालकृष्ण थापा, माया राई र शिशिरा राईको नाम पठाइएको छ । भोजपुरमा प्रतिनिधीसभा तर्फ एउटा मात्र निर्वाचन क्षेत्र छ ।

यस्तै प्रदेश ‘ख’ तर्फको प्रत्यक्ष तर्फ गोबिन्दबहादुर कार्की, दिनेश कार्की, सुर्य प्रसाद राई, मदनबहादूर खुलाल, नारायण बहादुर राउत, अमृत राई, गणेश राई, दिनेश घिमिरे र महेश बस्नेतको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ धिरेन्द्रकुमार श्रेष्ठ, बिश्वनाथ पराजुली, निरकुमार बिश्वकर्मा, सितारा राई, निर्मला खडका, शुभचन्द्र राई, पार्वती श्रेष्ठ र राजन खतिवडाको नाम पठाइएको छ ।

प्रदेश ‘क’ तर्फको प्रत्यक्ष तर्फ उत्तम कुमार चापागाई, गजेन्द्रबहादूर कार्की, बाबुराम बस्नेत र हेमन्त मुकारुङ राईको नाम सिफारिस गरिएको सभापति बान्तवाले जानकारी दिनु भयो । समानुपातिक तर्फ भने आङबाबु शेर्पा, टंकबहादूर पाण्डे, बालकृष्ण राई, बीरवल राई, राजेन्द्र राई र रोहित बिकको नाम प्रदेश समितिलाई सिफारिस छ ।

सिफारिस गरिएका नामहरु भोजपुर कांग्रेसले बिहिवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?