सिरहा । सिरहामा करेन्ट लागेर बिहीबार बाबु र छोराको ज्यान गएको छ । गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षीय अमर साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरनजिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागेपछि उनलाई बचाउन पुगेका छोरा अमरलाई समेत करेन्ट लागेपछि दुवै घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको