फुटबलको उपाधि नवयुवा क्लबलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रथम मेयर कप फुटबलको उपाधि नवयुवा क्लब भादगाउँले जितेको छ । सदरमुकाम दमौलीमा बुधबार सम्पन्न फाइनल खेलमा न्यु बुद्ध युवा क्लब भानुलाई ३-० गोलअन्तरले पराजित गर्दै नवयुवाले उपाधि हात पारेको हो ।

शान्तिदीप युवा क्लब शिशाघाटलाई २-१ गोलअन्तरले हराउँदै न्यु बुद्ध फाइनलमा पुगेको थियो भने गन्नी एफसी पोखरा कास्कीलाई २-० गोल अन्तरले पराजित गर्दै नवयुवाले फाइनलमा स्थान बनाएको थियो । विजेता नवयुवा क्लबले उपाधिसँगै दुई लाख दुई हजार २२२ तथा उपविजेता न्यु बुद्ध भानुले एक लाख एघार हजार १११ का साथै ट्रफी र मेडल प्राप्त गरेको छ ।

विजेता टोलीलाई कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले पुरस्कार प्रदान गर्नुभयो । तीजको अवसरमा यही भदौ ८ देखि १४ गतेसम्म भएको प्रतियोगिताको फाइनल खेलमा म्यान अफ दी म्याच नवयुवाका फोफोना घोषित हुनुभयो । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी न्यु बुद्ध भानुका सन्दीप राना, सर्वाधिक गोलकर्ता नवयुवाका सन्तोष गुरूङ र उत्कृष्ट गोलरक्षक नवयुवाकै शिव पिया हुनुभयो । उहाँहरूलाई जनही सात हजार पाँच सय प्रदान गरिएको खेल संयोजक राजेश मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा ४२ टोली सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?