बास्केटबलमा केभिकेएसएसको जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । केभिकेएसएसले चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा जित हात पारेको छ । धापासीस्थित घरेलु कोर्टमा केभिकेएसएसले रिलायन्सलाई १३-२ ले पराजित गर्‍यो । केभिकेएसएसकी सुष्मा आलेले ११ अंक जोड्नुभयो ।
सिनियर गल्र्समै वेन्डी हाउसले काठमाडौं ग्लोबललाई ९-२, तिरूपतिले क्लिनटनलाई २६-५ र पृथ्वीले लालीगुराँस नेशनल एकेडेमी (एलएनए) लाई ३२-६ ले हरायो । वेन्डीकी पवनी पाण्डेले ५, तिरूपतिकी किन्जुम सलाखाले १६ र पृथ्वीकी बबिता गुरुङले १२ अंक जोड्नुभयो ।

ब्वाइजमा एन्जल्स हार्टले सिग्मालाई ११-४, किङडमले लक्ष्मीपुरलाई ४१-२६, वेन्डी हाउसले एसएस एकेडेमीलाई २७-१५, स्कोलर्स होमले एपेक्स लाइफलाई २६–१४ र रिलायन्स पब्लिकले बागमतीलाई २७-१५ ले पाखा लगायो । एन्जल्स हार्टका निकेश पुनले ६, किङडमका साङबु लामाले १८, वेन्डीका सचिन गुरुङले आठ, स्कोलर्स होमका एलेन छन्त्यालले आठ र रिलायन्सका कुन्साङ शेर्पाले १२ अंक जोड्नुभयो ।

यस्तै आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोले मोर्डन इण्डियन स्कुल (एमआइएस) लाई २५-१३ ले पराजित गर्‍यो । युरोको जितमा साना दिपकले १० स्कोर गर्नुभयो ।

गल्र्समै बौद्ध इन्टरनेशनल स्कुल (बिआइएस) ले विद्या संस्कारलाई २०-१२, काष्ठमण्डपले संस्कृतिलाई १२-८ र दिक्षालयले साम्तेनलाई २४-१२ ले हराउँदै सेमिफाइनलमा पुगे । बिआइएसकी डिकी र सब्रिनाले ५-५, काष्ठमण्डपकी आस्नाले ४ र दिक्षालयकी पेम्बा शेर्पाले २० अंक जोड्नुभयो ।

ब्वाइजमा एमआइएसले बिआइएसलाई ३८-३२, सेन्ट जेभियर्सले अक्षरालाई ३६-१८ र सेबले विल्सनलाई ३९-२९ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एमआइएसका आयुश राईले १४ तथा सेन्ट जेभियर्सका शुभम् र मोहितले १४-१४ अंक बटुल्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?