टाइम्ज स्क्वायरमा बन्दुक निषेध

सांकेतिक तस्वीर

Read Time = 2 mins

न्यूयोर्क । न्यूयोर्क महानगरको व्यापारिक एवं प्रमुख पर्यटकीय गन्तव्य टाइम्ज स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ । निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीले बताएका छन् ।

बन्दुक बोक्ने अनुमति पाएकालाई पनि उक्त स्थलमा हतियार लैजान निषेध गरिने न्यूयोर्क महानगरका प्रमुख एरिक एडम्सले बताउनुभएको छ । टाइम्ज स्क्वायरलाई संवेदनशील क्षेत्रका रूपमा विकास गरिने तथा अब त्यहाँ रहेका विज्ञापन संकेतहरूमा पनि ‘टाइम्ज स्क्वायर संवेदनशील एवं बन्दुकमुक्त क्षेत्र’ देखिने वासिंटन टाइम्जलाई उहाँले बताउनुभएको छ । कानुनद्वारा अधिकारप्राप्त व्यक्तिले विशेष परिस्थितिमा मात्र त्यहाँ बन्दुक बोकेर जानसक्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि देशमा बन्दुक हिंसा बढेको भन्दै बन्दुकमाथि प्रतिबन्ध लगाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । टेनिसी राज्यको मेम्फीसमा बुधबार एकजना प्रहरी अधिकारीलाई गोली हानेको अभियोगमा तीनजनालाई पक्राउ गरिएको छ ।

मेम्फीसका प्रहरी प्रमुख सिजे डेभिसका अनुसार गत वर्षको तुलनामा यो वर्ष दुई हजारभन्दा बढी हतियार बरामद भएका छन् । उता डेट्रोइटमा गत आइतबार एकजना किशोरले गोली चलाउँदा तीनजना मारिएका र अभियुक्तलाई हिरासतमा लिइएको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?