निर्माता संघको अध्यक्षमा नवल निर्विरोध

Read Time = 2 mins

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खडका निर्विरोध चयन हुनुभएको छ । नेपाली चलचित्र निर्माताहरूको छाता संगठनको रूपमा रहेको संघको उम्मेदवारी दर्ता प्रक्रियाको समयसिमा बुधबारसम्म तोकिएको थियो । निर्धारित समयसम्म प्रतिद्वन्द्वी उम्मेदवारी नपरेपछि खडका निर्विरोध चयन हुनुभएको हो । केही दिनअगाडि नवलले कार्य योजनासहित अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको थियो ।

यस्तै, संघको महासचिवमा सुनिलकुमार थापा निर्विरोध चयन हुनुभएको छ । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनालको चयन हुनुभएको छ । सचिवमा किसान पोखरेल चयन हुँदा कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध बन्नुभएको छ ।

यस्तै सदस्यतर्फ माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा निर्विरोध चयन हुनुभएको छ । शनिबार आयोजना हुने संघको १६औं वार्षिक साधारणसभामा नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिनेछ । शनिबारै नयाँ कार्यसमितिले शपथ ग्रहण गर्ने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?