डिजिटल प्रविधिबाट दाँतको उपचार सेवा

Read Time = 2 mins

काठमाडौं । नक्सालस्थित स्वास्थ्य संस्था वि केयर हेल्थ सेन्टर दोस्रो वर्षमा प्रवेश गरेको छ । अत्याधुनिक प्रविधिमार्फत् डेन्टलसम्बन्धी पूर्ण सेवा प्रदान गर्दै आएको सेन्टरले पछिल्लो समय अन्य स्वास्थ्य सेवा पनि प्रदान गर्न थालेको छ ।

सेन्टरले नेपालमै पहिलो दाँत बनाउने थ्रिडी प्रिन्टर स्क्यानर मेसिनमार्फत् दन्त उपचार सेवा प्रदान गर्दै आएको सेन्टरका अपरेशन तथा फाइनान्स म्यानेजर विकास पण्डितले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले डेन्टल सेवाबाट सुरुवात गरेका हौं, यहाँ डेन्टलको कम्प्लिट सोलुसन हुन्छ । हामीले नेपालमै पहिलोपटक डेन्टल चिकित्सा उपकरण भित्र्याएर गुणस्तरीय सेवा प्रदान गर्दै आएकाले स्वदेशीमात्रै नभई विदेशीसमेत उपचारका लागि आउन थालेका छन् ।’ विदेशभन्दा सस्तोमै गुणस्तरीय सेवा पाउने भएकाले विदेशी पनि दाँतको उपचारका लागि आउने गरेको उहाँको भनाइ छ ।

पण्डितका अनुसार स्थापनाको एक वर्षमै सेन्टरबाट १८ सयले डेन्टल उपचार सेवा लिएका छन् अन्य सेवा भने आठ सयजनाभन्दा बढीले लिएका छन् । सेन्टरले ८० हजारदेखि डेढ लाख रुपैयाँ पर्मानेन्ट दाँत रिफिलिङ सेवा प्रदान गर्दै आएको छ । १५ करोड लगानीमा स्थापना गरिएको सेन्टरले हाल डेन्टलका साथै प्याथोलोजी, अल्ट्रा साउण्ड, एक्स रे र फिजियोथेरापीलगायतका सेवासमेत प्रदान गर्दै आएको छ । वि केयर हेल्थ सेन्टर डिजिटल डेन्टल क्लिनिक हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?