मुक्तिनाथ उत्कृष्ट मुद्दती योजना

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना ल्याएको छ । १२ प्रतिशत ब्याजदरसहित २२.५० लाखसम्मको बीमा सुविधा रहेकोे योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा न्यूनतम पाँच लाख मौज्दात राखेर खाता खोल्ने खातावालले आफ्ना लागि १० लाखसम्मको दुर्घटना बीमा, दुई लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमाका साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाखसम्मको दुर्घटना बीमा सुविधा रहेकोे बैंकले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले एक वर्षदेखि दुई वर्षसम्मको मुद्दती खाता खोल्न सक्नेछन् र सोही अवधिका लागि बीमा सुविधा प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?