‘बेको’ को दशैं तिहार अफर

Read Time = 1 min

काठमाडौं । बेकोसँग दशैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहार भन्ने नाराका साथ युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले दशैं तिहार लक्षित योजना ल्याएको छ । योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामान खरिदमा आकर्षक उपहार प्राप्त गर्न सकिनेछ । वासिङ मेसिन र वासर ड्रायरको खरिदमा छ केजी सर्फ एक्ससेल म्याटिक वासिङ पाउडर र डिसवासर खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट पाइने कम्पनीले जनाएको छ ।

त्यस्तै बेको रेफ्रिजिरेटर खरिदमा इन्डक्सन कुकर उपहार, कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) खरिदमा प्रेसर कुकर र एअर कन्डिसनर खरिदमा चार हजार रुपैयाँ बराबरको फ्री इन्स्टलेशन पाइनेछ । बेकोको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?