खुर्कोटमा पनि कुमारीको शाखा

Read Time = 1 min

काठमाडौं । कुमारी बैंकले सिन्धुली जिल्लाको खुर्कोटमा शाखा विस्तार गरेको छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले बुधबार शाखा विस्तार गरेको जनाएको छ । बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना रहेको पनि बैंकको भनाइ छ ।

विगत २१ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएकोे कुमारी बैंकले देशभर रहेका एक सय ९८ शाखा सञ्जाल, एक सय ९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित इकाईमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?