एनसेललाई फास्ट मोबाइल नेटवर्क अवार्ड

Read Time = 2 mins

काठमाडौं । मोबाइल र ब्रोडब्याण्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी उक्लाबाट एनसेल आजियाटा लिमिटेडले नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पिड स्कोरका आधारमा एनसेललाई जनवरी-जुन २०२२ का लागि उक्त अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छे । नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबिपिएस र अपलोडमा ९.२६ एमबिपिएस गतिका साथ कुल १७.१६ स्पिड स्कोर प्राप्त गरेको थियो ।

उक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पिडटेस्ट आइओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आबद्ध ग्राहकले गरेका १६ हजार नौ सय २९ स्पिडटेस्टलाई तुलना गरेको थियो । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भन्नुभयो, ‘नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्याण्डसाथ यसले दिने लाभसँग आमउपभोक्तालाई जोड्ने हाम्रो निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पिड टेस्टिङ कम्पनी उक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा हामी हर्षित छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?