‘माटो जोगाऔं’ अभियानमा सरकारको साथ

Read Time = 3 mins

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔं (जागरूक धरती)बीच सम्झौता हुने भएको छ । माटो जोगाऔं अभियान माटोको विनाशलाई सम्बोधन गर्न इशा फाउण्डेशनका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । अभियानको उद्देश्य माटोलाई स्वस्थ राख्न विश्वभरिका मानिसलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्न हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्तालाई सहयोग गर्नु रहेको बताइएको छ ।

अभियानको एउटा हिस्साका रूपमा माटो विनाशको संकटलाई सबैसामु छर्लंग पार्न सद्गुरुले गत मार्चमा २७ राष्ट्रमा सयदिने यात्रा सुरु गर्नुभएको थियो । यात्राको सुरुदेखि ८० राष्ट्रले माटो जोगाऔं अभियानलाई समर्थन गरेका छन् । छ क्यारिबियन राष्ट्र, अजरबैजान, युएईलगायतले माटो जोगाउने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्था आयुसिएन, संयुक्त राष्ट्रसंघका संस्थाहरू युएनसिसिडी, डब्ल्युएफपी तथा अन्य संस्था अभियानसँग साझेदारी गर्न अग्रसर रहेका अभियानतर्फबाट अरुण सिंहले जानकारी दिनुभएको छ ।

सद्गुरुको यात्राबाट प्रेरित भई यमबहादुर पुन (नविक पुन मगर)ले सातवटै प्रदेश छुने गरी तीन हजार पाँच सय किलोमिटर दौड–यात्रा सम्पन्न गर्नुभएको छ, जसअन्तर्गत उहाँले स्थानीय संस्थाहरूद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा माटो जोगाउनुपर्ने आवश्यकताबारे चर्चा गर्नुभएको थियो । विश्व साइकल दिवसको अवसरमा नौ सयभन्दा बढी साइकल यात्रीले माटो जोगाऔं सन्देश फैलाउन साइकल ¥यालीसमेत आयोजना गरेका थिए । माटो जोगाऔं अभियानका स्वयंसेवकहरूले सयभन्दा बढी स्कुल र कलेजमा सफलतापूर्वक जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?