टुबोर्ग आर्थर गन् होमकमिङ टुर जारी

Read Time = 2 mins

काठमाडौं । आर्थर गन् नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरकोक्लब प्लाटिनम काठमाडौं लाईम एन् लेमन लाउन्ज चितवन र रोलिङ स्टोन्स पोखराको व्यापक सफलतापछि बुधबार पनि लर्ड बुटवलमा टुरलाई भरपु्र दर्शकमा जारी राखेका छन् । लभ ईज माई रिडेम्पसन, न्यानो घर जस्ता उहाँका लोकप्रिय गीतले दर्शकको निकै ताली पाएका थिए ।

टुरको उद्घाटनमा काठमाडौं, चितवन, बुटवल र पोखराका दर्शकको अपार माया र समर्थनपछि आर्थरले धरान, बिर्तामोड र कीर्तिपुरलगायत बाँकी सहरमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

सन् २०२० मा अमेरिकीगायन रियालिटी शो ‘अमेरिकन आइडल १८ औं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता बढेको हो । दर्शकले उहाँलाई अमेरिकन आइडल अडिसनबाट चिन्छन्, उहाँले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियर वाटर रिभाइभल्को ह्याब् यु एभर सिन द रेन नामक गीत गाउनुुभएको थियो ।

टुबोर्गले नेपालमा आफ्नो सुरुवातदेखि नै नेपाली संगित क्षेत्रको उत्थानका लागि समर्थन गर्दै आएको छ । टुबोर्ग यस टुरको शिर्ष प्रायोजक रहेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्नुहुन्छ‘टुबोर्गको संगितसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगित क्षेत्रको उत्थान र संगितका विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महशुुस गरेका छौं, किनभने उनले आफ्नो संगितमार्फत नेपाली संगितप्रेमीलाई गौरवान्वित बनाएका छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?