काठमाडौं । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’को घोषणा गरिएको छ । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अभियानको घोषणा गरिएको हो । काठमाडौं-८ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएका सुमन सायमीसहितले अभियानको घोषणा गर्नुभएको हो । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अभियानको घोषणा गरिएको अभियानका संयोजक सायमीले जानकारी दिनुभयो ।
आगामी निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिनेलाई एकत्रित गर्न अभियानको घोषणा गरेको सायमीले बताउनुभयो । देशभरबाट उठ्ने स्वतन्त्र उम्मेदवारले एउटै चुनाव चिन्ह र घोषणापत्र लिएर जनतामाझ जाने गरी अभियानको घोषणा गरिएको उहाँको भनाइ छ । उहाँले स्वतन्त्र उम्मेदवारहरूले पार्टीका पुराना नेताको विकल्प दिन आफूहरूले चाहेको बताउनुभयो ।
कास्की-२ बाट सिरीष गुरुङ, काठमाडौं-८ बाट सुमन सायमी, ललितपुर ३ बाट राजाराम तण्डुकार, काठमाडौं-९ बाट विद्या श्रेष्ठ महर्जन, रुपन्देही-५ बाट भीष्म राना, रौतहट-१ बाट राहुल मिश्रा, काठमाडौं-५ बाट चर्चित टेलिसिरियल ‘सक्किगोनि’ का कलाकार मधुसूदन पाठक (सीतेबा) र भक्तपुर-२ बाट दर्हो स्तम्भ लोकेन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यस्तै, प्रदेशसभातर्फ विनोद बजगाईं-काठमाडौं २ ‘क’, अनिलकुमार पाण्डे-महोत्तरी २ ‘ख’ र गजेन्द्रकुमार भगत- उदयपुर २ ‘क’ बाट उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आगामी दिनमा अन्य उम्मेदवारहरू पनि विस्तारै थपिँदै जाने अभियानको दाबी छ । सायमी गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । महानगरको मेयरमा लौरौ चिन्हबाट प्रतिस्पर्धा गर्नुभएका बालेन्द्र साह (बालेन) विजयी हुनुभएको थियो । स्थानीय तह निर्वाचनपछि लौरो चुनाव चिन्ह एकाएक चर्चामा आएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका