सिद्धार्थ राजमार्गको हिउँदे खोलामा सडक भासियो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका-५, हिउँदे खोलास्थित सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक भासिएको छ । विहीबार निरन्तरको वर्षापछि यहाँको करिब ४० मिटर सडकको अधिकांश भाग भासिएको हो । पूर्ण रूपमा यातायात सञ्चालन गर्न नसकिने गरी राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अवरुद्ध राजमार्ग एकतर्फी रुपमा भने सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय पाल्पाको डोजर तथा लोडरको सहायताले सडक एकतर्फी खुलाइएको हो । सडक खुलेपछि बाटोमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । सडक दुबैतर्फ सञ्चालनमा ल्याउन भने समय लाग्ने प्रहरीले जनाएको छ । पानी रोकिएको अवस्थामा मात्रै सडक दुबैतर्फ सञ्चालन गर्ने अवस्था रहने प्रहरीको भनाइ छ । पानी परेको अवस्थामा भने सडक पुन अवरुद्ध हुन सक्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

हिउँदेखोलाको माथिल्लो भागमा चुनढुंगा खानी सञ्चालनमा रहेको र यस सडकखण्ड हुँदै अत्यधिक भार भएका सवारीसाधन सञ्चालन हुँदा सडक भासिने गरेको छ । तीन साता अघिदेखि राजमार्गको तल्लो भागमा सामान्य चर्किएको थियो । निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिएको छ । यहाँ केही वर्षअघि पनि सडक भासिएको थियो ।
सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदे खोलामा भासिएको सडक । तस्बिर : हिटा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?