सत्तागठबन्धनमा सिट बाँडफाँटमा समस्या, ११ घण्टा बसेको बैठक निष्कर्षविहीन

आगामी बैठकले भागबण्डाबारे अन्तिमनिष्कर्ष निकाल्ने दाबी

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनलाई आगामीचुनावकालागि सिट बाँडफाँट गर्न सकस परेको छ । सिट बाँडफाँटका लागि पटक–पटक बैठक बसे पनिदलहरूले आ-आफ्नादाबीमा अडान नछाड्दा ठोस सहमतिहुननसकेको हो । जसरी भएपनिनिष्कर्ष निकाल्ने भन्दै बिहीबार बिहान ११ बजेदेखि राति १० बजेसम्म बैठक बसेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकमा सिट बाँडफाँटबारेमागम्भीर छलफल भएपनिनिष्कर्षमापुग्ननसकिएको नेपालीकांग्रेसका नेतातथा सूचनातथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा गहन छलफल भएपनिअन्तिम टुङ्गो भने लाग्नसकेको छैन । सिट बाँडफाँटबारे एक/दुई दिनमै सहमतिहुने उहाँको दाबी छ । आगामी बैठकले भागबण्डाबारे अन्तिमनिष्कर्ष निकाल्ने उहाँले बताउनुभयो । अर्को बैठक कहिले बस्ने भन्ने टुङ्गो नलागेको र एक दुई दिनभित्रै आन्तरिक छलफलपछि छिट्टै निष्कर्ष आउने उहाँको भनाइ छ ।

बिहीबारको बैठकमा सिट बाँडफाँटबारे विभिन्न प्रस्तावहरू राखिएकाथिए । जसमध्ये प्रतिनिधिसभाकाकुल १६५ सिटमध्ये ८६ सिटमा नेपालीकांग्रेसले लिने र बाँकी सिटमा अरूदलले भागबण्डा गर्ने खाका बैठकमा प्रस्तुतगरिएको थियो । तर त्यसमामाओवादी र नेकपाएकीकृत समाजवादी सहमत नभएपछि निष्कर्ष आउन सकेन । माओवादीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले ५०/५० को प्रस्तावगर्नुभएको थियो ।

प्रतिनिधिसभाको कुल १६५ सिटमध्ये आधाकांग्रेसले लिने र बाँकी अरूदलले भागबण्डा गर्ने उहाँको प्रस्तावथियो । एकीकृत समाजवादीकाअध्यक्षमाधवकुमार नेपालले भने कांग्रेसलाई ७० सिट मात्रलिन प्रस्तावगर्नुभएको थियो । जसपाले २५ सिट पाउनुपर्ने अडान लिएको थियो । यसअघि कांग्रेसले १०१, माओवादीले ६०, नेकपाएसले ४०, जसपाले ३३ र जनमोर्चाले तीन सिट दाबीगर्दै आएकाथिए ।

बिहीबारको बैठकमा कांग्रेस आफ्नो दाबीबाट पछि हटेपछि अरूदलपनिआ-आफ्नो दाबीबाट पछि हटेकाहुन् । बिहीबार दिउँसो कांग्रेस सभापतितथाप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यदलमा रहेका नेताहरूलाई १६५ मध्ये ८९ सीट अन्य सहयात्रीलाई छाडेरबाँकी सिटमा चुनाव लड्नेगरी सहमतिगर्न निर्देशनदिनुभएको थियो ।

आगामीप्रतिनिधि र प्रदेश सभानिर्वाचनमा सिट बाँडफाटका लागि सत्ता गठबन्धनले११ सदस्यीयकार्यदल गठन गरेको थियो । कार्यदलमाकांग्रेसबाट तीनजना र अन्य दलबाट दुई-दुईजनाको प्रतिनिधित्वछ । कार्यदलमाकांग्रेसबाट कृष्णप्रसादसिटौलासहित ज्ञानेन्द्र कार्की र महामन्त्रीगगनथापा, माओवादी केन्द्रबाट अर्थमन्त्रीजनार्दन शर्मा र वर्षमानपुन, नेकपाएकीकृत समाजवादीबाट महासचिववेदुराम भुसाल र उपाध्यक्षप्रमेश हमाल, जसपाबाट रामसहाययादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्दशर्मा सदस्यहुनुहुन्छ । यसअघि पटक-पटक कार्यदल बैठक बसे पनिकुनै सहमतिहुन सकेको थिएन । सिट बाँडफाँट र कुन क्षेत्र कसले लिने भन्ने विषयले गठबन्धनलाई सकस पर्ने देखिन्छ । गठबन्धनको अर्को बैठक अबआइतबार बस्नेछ ।

गठबन्धनबाट बाहिरिने जसपाको संकेत
जनता समाजवादी पार्टीले सिट बाँडफाँटका विषयमा असन्तुष्टि जनाएको छ । सिट बाँडफाँटमा असन्तुष्ट जसपाले गठबन्धनबाट समेत बाहिरिने संकेत गरेको छ । आगामीचुनावमाअपेक्षाकृत सिट नपाउने संकेत देखिएपछि जसपाले गठबन्धनबाट बाहिरिने तयारी गरेको हो ।

गठबन्धन गर्दा र नगर्दा सिट संख्यामाखासै फरक नपर्ने भएको भन्दैउहाँले बाहिरिने संकेत गर्नुभएको हो । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमाअध्यक्षयादवले गठबन्धनबाट बाहिरिने संकेत समेत गर्नुभएको हो । बैठकमा सहभागी एक नेताकाअनुसार आफ्नो पार्टीले एक्लै लड्दा पनि ९/१० सिट जित्ने भएकाले गठबन्धनको धेरै आवश्यकतानपर्ने यादवको भनाइथियो । ‘१२/१५ सिट लिने हो भने तालमेल गर्नुको कुनै अर्थ रहँदैन । जित्ने ८/९ नै हो,’ बैठकमा उहाँले भन्नुभएको थियो, ‘यति त हामीएक्लै लड्दा पनि जित्छौँ । उल्टो पार्टीमाविद्रोह हुन्छ । विद्रोहबचाउन बरूएक्लै लड्ने सोचिरहेको छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?