मुलुकको समृद्धि र बिकासको जिम्मेवारी एमालेको काँधमा आएको छ : महासचिव पोखरेल

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्बर बोहरा

बैतडी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र निर्माणका जिम्मेवारी नेकपा एमालेको काँधमा आएको बताउनुभएको छ ।

बिहीबार बैतडीको पाटनमा आयोजित कार्यकर्ता परिक्षण कार्यक्रमा बोल्दै देशको बिकासको जिम्मेवारी नेकपा एमालेको काँधमा आएको बताउनुभएको हो् । ‘यो देशको बिकास र समृद्धिको नेतृत्व नेकपा एमाले बाहेक अरु कसैले गर्न सक्दैन , देशको बिकास र समृद्धि नेकपा एमालेले चाहान्छ’ उहाँले भन्नुभयो ।

देशको समृद्धी पाँच दलिय गठबन्धन मिलेर बनेको सरकारको पालामा कुनै पनि हालतमा नहुने महासचिव पोखरेलले बताउनुभयो । ‘नेकपा एमाले सरकारबाट बाहीरीदा देशको अर्थतन्त्र (शोधनान्तर स्थिती ) झन्डै ७०/८० अरबमा बचतमा थियो , वर्तमान पाँच दलिय गठबन्धनले सरकार सञ्चालनको एक बर्षको अवधीमा शोधान्तर पौनी तीन घाटामा गएको छ वर्तमान सरकार कति अयोग्य छ भन्ने कुराको दृष्टान्त यही हो’ पोखरेलले भन्नुभयो ।

वर्तमान सरकारले जति लामो समय सम्म शासनमा रहीरहन्छ जनताको जिवन कष्टकर बन्ने महासचिव पोखरेलले बताउनुभयो । ‘देउवा नेतृत्वको पाँच दलिय गठबन्धनको सरकार एक बर्षम अझै सम्म चल्ने हो भने मुलुकको हालत श्रीलङ्काको जस्तो हालतमा पुग्नेछ ’ उहाँले भन्नुभयो ।

कार्यकर्ता परिक्षण कार्यक्रममा बोल्न हुदै महासचिव पोखरेलले मंसिर ४ गते हुने निर्वाचनपछि सरकारको नेकपा एमालेले गर्न दावी गर्नुभयो । पाँच दल मिलेर बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै जनताले नेकपा एमालेलाई नै खोजेको दावी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?