सुदूरपश्चिममा आज गौरा पर्वको बिदा

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशभरिका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले गौरापर्वका अवसरमा दिइँदै आएको बिदा कटौती गरेको भन्दै विभिन्न सङ्घसंस्था र राजनीतिक दलहरूले विज्ञप्ति जारी गरी आलोचना गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद्कोे बैठकले बिदा दिने निर्णय गरेको हो ।

यसैबीच कञ्चनपुरका नौवटै स्थानीय तहले सुदूरपश्चिमको महत्वपूर्ण पवै गौरामा आज स्थानीय बिदा दिने निर्णय गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?