कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

झापा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा शिवसताक्षी नगरपालिका-८ बस्ने ३७ वर्षीय दिप्सन लावतीलाई बिहीबार पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको २०६३ असोज ३ गतेको फैसलाले जन्म कैद ठहर भएको र पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो ।

प्रतिवादी लावतीले उक्त मुद्दामा १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरी सकेका थिए भने १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापामा पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?