लियोनार्दोको प्रेम: २५ वर्षभन्दा कम उमेरकासँग मात्रै सम्बन्ध

Read Time = 2 mins

काठमाण्डौं । हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो र उनकी प्रेमिका केमिला मोरोन अलग्गिएका छन् । दुवैले चार वर्षको डेटपछि अलग्गिने निर्णय गरेका हुन् । डिकाप्रियोको डेटिङ विगतलाई हेर्ने हो भने उनका सबै प्रेमिका २५ वर्षभन्दा बढी उमेरका कोही छैनन् ।

४७ वर्षका डिकाप्रियोकी हालको प्रेमिका मोरोन २५ वर्षकी थिइन् । डिकाप्रियोकी पहिलो प्रेमिका गिसेल बडचेन हुन् । उनीसँग डिकाप्रियोको त्यो समयमा ब्रेकअप भयो जुन बेला गिसेलको उमेर २० मात्र थियो ।

अर्की प्रेमिका बार रेफेलीले २२ वर्षको उमेरमा डिकाप्रियोसँग प्रेम गरिन् । तर, एक वर्ष पुग्न नपाउँदै उनीहरुको ब्रेकअप भयो । त्यस्तै ब्ल्याक लिवलीको अवस्था उस्तै छ । २० वर्षको उमेरमा डिकाप्रियोसँग डेट गरेकी उनले २१ वर्षमै ब्रेकअप गरिन् ।

एरिन हेदरटन पनि डिकाप्रियोकी प्रेमिका थिइन् । डिकाप्रियोसँग उनको ब्रेकअप हुँदा उनी २४ वर्षकी थिइन् । टोनी गर्न २३ वर्षकी मात्र थिइन्, जुन समयमा उनले डिकाप्रियोसँगको सम्बन्ध तोडिन् ।

केली रोरबाकसँग डिकाप्रियोको ब्रेकअप केली २५ वर्षको उमेरमा हुँदा भएको थियो । डिकाप्रियोको अर्की प्रेमिका नीना अगडल थिइन् । जो उनकी ७ औं प्रेमिका थिइन् । उनको पनि २४ वर्षको उमेरमै ब्रेकअप भयो । एन्जेसी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?