विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौंः शिक्षामन्त्री पौडेल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने बताउनु भयो । मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरुसँग मन्त्रालय छलफल गरीरहेको पनि बताउनु भयो । नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरुको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा कतै त्रुटी भइरहेको बताउनु भयो । उहाँले शंकरदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक स्थान उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपालमा उच्च शिक्षालाई यो भन्दा माथि पु¥याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेन छलफल गरेका छौँ । विदेशमा विद्यार्थी जाने लहर चलेको छ । सरकार शिक्षा मन्त्रालय गम्भीर छ । रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा । हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटी हो । अरु देशका विद्यार्थीलाई पनि आकर्षित गर्नुपर्छ । केही प्रक्रिया पूरा गर्नुपर्ने होला, जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने कुरा प्रतिवद्धता जनाउन चाहन्छु । शिक्षा बिना केही राम्रो हुँदैन । शिक्षाको सुधारका लागि विश्वविद्यालय राम्रो हुन आवश्यक छ । केही समय भित्रमा शंकरदेव क्याम्पस यही अवस्थामा नरहने गरी पूर्वाधारको विकास र शिक्षामा जोड दिने हेतुले प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्न चाहन्छु । विश्व विद्यालयमा ताला नलगाऔँ, मुक्त बनाआँै र पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन् तर त्यसलाई समाधान गरौँ । विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ ।’

मन्त्री पौडेलले शैक्षिक संस्थाहरुको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?