एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु, पीडित परिवारले पाए साढे ११ करोड क्षतिपूर्ति

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वैदेशिकक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ ।

युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ ।

सोही वर्ष वैदेशिक रोेजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति वापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ ।

दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ ।

युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?