नेपाली टोली कोलोम्बो प्रस्थान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यु–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारै बिदाइ गरेको थियो । प्रतियोगिताका लागि यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरी सक्नुभएको छ ।

नेपाली टोलीमा गोलकिपरमा क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी र डिफेण्डरमा अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की र धीरज विश्वकर्मा र मिडफिल्डरमा प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट र लच्छु थापा फरवार्डमा निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई र सुवास बम हुनुहुन्छ ।

साफ यु-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा भारत र भुटान छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?