काठमाडौं । एचएचसीएले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । सिनियर ब्वाइजमा एचएचसीएले आयोजक केभीकेएसएसलाई ३४-१४ ले पराजित गर्यो । जितमा पवन मगरले १७ अंक योगदान गर्नुभयो ।
सिनियर गल्र्समा पनि सरा घलेको आठ अंक सहयोगमा एचएचसिएले केभीकेएसएसलाई २०-८ ले हरायो । सिनियर ब्वाइजको अन्य खेलमा संस्कृतिले बागमतीलाई २९-८, रेडिअण्टले सिग्मालाई ३७-८, तिरुपतिले लिटिल फ्लावरलाई २८-९, एपेक्स लाइफले केभीकेएसएसलाई २९-२२, ग्रीनल्याण्डले क्लिन्टनलाई ५०-८ र लक्ष्मीपुरले काठमाडौं ग्लोबललाई ३२-१० ले पाखा लगाउनुभयो । सिनियर गल्र्समा भ्याली पब्लिकले क्लिन्टनलाई ३६–४ तथा पृथ्वीले टीआइएलाई ३४-४ ले पन्छाउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका