सेब बास्केटबलको फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सेब युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । हात्तीगौडास्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सेमिफाइनलमा सेबले मोर्डन इण्डियन स्कुल (एमआईएस) लाई ४६-४१ ले पराजित ग¥यो । सेबका लोकेन्द्रले २३ अंक जोड्नुभयो । फाइनलमा सेबको भेट सेन्ट जोसेफसँग हुनेछ । अर्को सेमिफाइनलमा सेन्ट जोसेफले सेन्ट जेभियर्सलाई ४६-३० ले हरायो । विजेताका निकेशले २६ स्कोर गर्नुभयो ।

सिनियर गल्र्समा काष्ठमण्डप र दीक्षालयले उपाधि भिडन्त पक्का गर्नुभयो । काष्ठमण्डपले आयोजक युरो स्कुलमाथि ३१-७ को सहज जित दर्ता ग¥यो । विजेताकी राज्भी श्रेष्ठले १५ अंक जोड्नुभयो । दीक्षालयले बौद्ध इन्टरनेसनल स्कुललाई २९–९ ले पाखा लगायो । दिक्षालयकी पेम्बा शेर्पाले १६ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?