सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार

Read Time = 1 min

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानबीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्ने भएका हुन् ।

‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ यही भदौ ३१ गते नाफिज वार्षिकोत्सवको विशेष समारोहमा ५०-५० हजार रुपैयाँका दरले दुईजनालाई प्रदान गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?