नाडा इभी एक्स्पोका लागि लक्की ड्र

Read Time = 1 min

काठमाडौं । नेपालमा पहिलोपटक नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले आयोजना गर्न लागेको नाडा इभी एक्स्पो २०२२ को तयारी तीव्र बनाएको छ । एक्स्पोमा दुईदेखि चारपांग्रे विद्युतीय सवारी साधनका साथै अटो कम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्युपमेन्ट्स, चार्जिङ स्टेशनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीसमेत गरी कुल ४५ भन्दा बढी कम्पनीको सहभागिता रहने नाडाले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने एक्स्पोमा सहभागी हुने कम्पनीका लागि लक्की ड्र गरिएको नाडा अटो एक्स्पो समिति सभापति अनुप बरालले जानकारी दिनुभएको छ । लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्यसमिति सदस्य प्रदिपमान प्रधानलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?