कृति अवार्डका लागि उत्कृष्ट पाँच मनोनयन

Read Time = 2 mins

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२ औं कृति अवार्ड्स २०७९ को विभिन्न ३१ वटा विधामा परेका चार सय २५ मनोनयनमध्ये हरेक विधामा उत्कृष्टताको उच्चतम पाँच वटासम्मका मनोनयन घोषणा गरेको छ ।

गोल्डन ओक १२औं कृति अवाडर््स २०७९ का तीन शीर्षकमध्ये मेनस्ट्रिमअन्तगर्तका विधामा उत्कृष्ट पाँच तथा टेक्निकल र क्याम्पेनअन्तगर्तका विधामा उत्कृष्ट तीन/तीनको घोषणा गरेको हो । १२औं कृति अवाडर््समा ३१ विधामा ४५ एजेन्सीले चार सय २५ नोमिनेसन दर्ता गराएका थिए ।

१२औं कृति अवार्ड २०७९ को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिसहोम रहेका छन् भने अन्य प्रायोजकमा बैंकिङ पार्टनरका रूपमा मुक्तिनाथ विकास बैक, ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड बाइमा आइटिपिएफ, प्रभु बैंक, सफ्टी हाइजिन, सेलपे र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । कृति अवार्ड् मूल समारोह शनिबार काठमाडौंमा हुने आनले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?