झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
बुद्धशान्ति गाउँपालिका-५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय झापाका खनुसार शुक्रबार साँझ ५ः४० बजेतिर झापाको मेचीनगर–९ मा रहेको थोप्लेबिरान सामुदायिक वन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर फर्किरहनुभएकी श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
मे७प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई अचानक देखापरेको हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो।
उहाँलाई उपचारका लागि उर्लाबारीस्थित मेची आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका