उदयपुरमा एकै परिवारका तीनजनाको वीभत्स हत्या

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

उदयपुर । उदयपुरमा एकै परिवारका तीनजनाको हत्या भएको छ । बेलका नगरपालिका-७, उदयपुरका राजकुमार बस्नेतसहित उहाँकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

हत्या भएको ठाउँ भोजपुर र उदयपुरको सीमा जोडिएको क्षेत्र हो । शुक्रबार दिउँसो स्थानीयले तीनजनाको शव वादिङ खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । टुक्राटुक्रा पारेको अवस्थामा शव खोलामा भेटिएको र प्रहरीले संकलन गरेको जिल्ला प्रहरी कार्यालयका सूचना
अधिकारी डिएसपी राकेश पोदारकाले जानकारी दिनुभयो ।

यसैबीच, हत्यामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय नरबहादुर बस्नेत छन् । उनी नातामा मृतकको दाइ पर्छन् । आरोपीलाई बेलका नगरपालिका–६ वरबोटेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?