पाकिस्तान सुपर चारमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ ।

शुक्रबार राति यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई १५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो ।

पाकिस्तानले दिएको १९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रनमा अलआउट भयो । हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

पाकिस्तानका शादब खानले ४, मोहमद नवाजले ३ विकेट तथा नासिम शाहले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा २ विकेट गुमाएर १९३ रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले । रिजवानले अविजित ७८ तथा जमामले ५३ रन बनाए । हङकङका इशान खानले २ विकेट लिए ।

६ देश सहभागि प्रतियोगितामा समूह ‘ए’ बाट पाकिस्तान र भारत तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् । हङकङ र बंगलादेश बाहिरीएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?