स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे

हिमालय टाइम्स
Read Time = 2 mins

कोलम्बो । श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् ।

सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

राजापाक्षे विमानस्थलमा उत्रदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेका थिए । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने वित्तिकै उनलाई माला लगाएर स्वागत गरिएको थियो ।

राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यलयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए । श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स पुगेका उनी त्यहाँबाट सिंगापुर गएका थिए । उनले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा पठाएका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?