बालकथा : हराएका मुन्द्रा

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ अनिल नेपाली

स्कुलबाट फर्केर खाजा खाएपछि यसुजा साथीहरूसँग खेल्न हिँडिन् । आमाले भन्नुभयो, ‘पढ्न बस्नुपर्छ चाँडै आऊ है’ । हुन्छ भन्दै यसुजा घरबाट हतारिएर निस्किन् । साथीहरू पनि यसुजाको घरसम्म आएका थिए । उनीहरू रमाउँदै नजिकैको खुला ठाउँमा पुगे । खुला ठाउँ फराकिलो थियो । सफा थियो । खेलिसकेपछि त्यो ठाउँ सफा गरेरमात्र फर्कने केटाकेटीको नियम थियो । सधैँजसो त्यहाँ उनीहरू पुतली खेल, डोरी खेल, रुमाल लुकाई, साथी चिन्ने खेल, बाटो पत्ता लगाइजस्ता रमाइला खेलहरू खेल्थे । आज पनि उनीहरूले साथी चिन्ने र डोरी खेल खेल्ने सहमति गरे ।

पहिलो चरणमा साथी चिन्ने खेल खेल्ने भए । यो खेल खेल्दा बोल्नु हुँदैनथ्यो । किनकि, बोलीबाटै आफ्ना साथीलाई सजिलै चिन्न सकिन्थ्यो । सुरुमा कौशीकाका आँखामा यदुकरले रुमाल बाँधिदिए । त्यसपछि साथीहरू स्थान फेरेर यत्रतत्र चुपचाप बसे । साथी चिन्न हात फिजाएर कौशीका वरिपरि छिटो छिटो घुम्न थालिन् । एकैछिनमा बल्लतल्ल प्रितमलाई भेटिन तर धेरैबेर छामेपछि तिमी त सानुराजा हौ पो भनिन्, चिनिनन् । सबै साथी खितितिती हाँसे । साथी नचिने पाई खानुपथ्यो । प्रितमले कौशीकाको पिठ्युँमा बिस्तारै पाई गरे । साथी नचिनिएको कुरा कौशीकालाई थाहा भयो । उनी फेरि हात फिजाएर छिटोछिटो साथी चिन्न घुमिन् ।

त्यस रात किसानले मनमनै सोच्यो-‘ओहो ! इमानदार हुनु त साह्रै जाति पो रहेछ । जे रोप्यो त्यही फल्दो रहेछ’ । यति सोचेर किसानले जुनु र नुनुको अनुहारमा हेर्‍यो । निदाए पनि ती बालिकाको कलियो अनुहार बत्तीको उज्यालोमा ताराहरू चम्के झैँ चम्किरहेका थिए ।

यसैगरी यसुजा, कौशीका, प्रितम, सानुराजा, ताउली, हर्का, रुरु सबैले पालैपालो खेल खेले । त्यसपछि सबैले एकछिन विश्राम गरे अनि फेरि डोरी खेल्न सुरु गरे । तीन-तीन जनाको समूहमा डोरी खेल खेल्नुपथ्यो । उनीहरूले समूह मिलाएर रमाइलोसँग डोरी खेल पनि खेले । यसअघि कहिल्यै केटाकेटीले यतिधेरै रमाइलोसँग खेलेका थिएनन् । उनीहरू बेलैमा घर फर्किन भुले । साँझ पर्न लागिसकेको थियो । हतार-हतार खेल्ने ठाउँ सफा गरेर केटाकेटी घर फर्किए ।

ढिलो घर आएको देखेर कौशीकाकी आमाले रिसाउँदै भनिन्, ‘मलाई हेपेको ? भोलिदेखि आँगन कटेर जान दिन्न नि कि बाबालाई भनिदिन्छु’ । बाबालाई भनिदिन्छु भनेपछि कौशीका डराइन् र रुन्चे मुखले मायालु बनेर हजुरआमातिर दौडिन् । नातिनीलाई खुबै मायालु पाराले अँगाल्न बुढीले हात फिजाइन् । कौशीकाले पनि ढुक्क भएर अँगालो हालिन् र म्वाइँ खान बुढीले चाउरिएका ओठ नातिनीका कलिला गालामा टाँस्न के खोजेकी थिइन् चिच्याउँदै भनिन् ‘खोइ मुन्द्रा ?’

कौशीकाले कानमा छामिन् तर भेटिनन् । ‘मुन्द्रा कता हराइस् ?’ यसो भन्दै बुढी छट्पटिएर रुन थालिन् । हजुरआमासँगै कौशिका पनि रुन थालिन् । एकै छिनसम्म नातिनी–बजैको रुवाबासी चल्यो । कौशिकाकी आमा ट्वाल्ल परेर हेरिरहिन् । बुढीले रुदै हराएका मुन्द्राको कथा सुनाउन थालिन् । कौशिका रुन छोडिन् र आमाछोरीले चुपचापसँग बुढीको कुरा सुनिरहे ।

चाउरिएका हातले आँसु पुच्छै बुढीले भनिन्, ‘धेरै वर्ष पहिले स्वर्गपुर भन्ने ठाउँमा राजारानी बस्थे । उनीहरूका सन्तान थिएनन् । त्यसैले केटाकेटी भनेपछि हुरुक्कै हुन्थे । एक दिन रानीले आफ्नो जन्मोत्सव धुमधामसँग मनाउने विचार गरिन् र धेरै केटाकेटी दरबारमा भेला हुन उर्दी गरिन् तर तुच्छ बच्चाले त्यहाँ जान पाउँदैनथे । रानीको जन्मोत्सवमा एउटी कन्याले दरबारमा नाचेर खुबै चमत्कार गरिन् । कन्याको नाचबाट प्रभावित भएर ती रानीले एक जोडी मुन्द्रा कानमा लगाइदिइन् । कन्याले बाँचुञ्जेल मुन्द्रा आफैँले लगाइन् र मर्ने बेलामा आफ्नी नातिनीलाई लगाइदिइन् ।

त्यस्तै, नातिनी पनि बुढी भएपछि ती मुन्द्रा आफ्नी नातिनीको कानमा लगाइदिएकी थिइन् । आफ्नी हजुरआमाले ती मुन्द्रा कानमा लगाइदिएकी र आफूले पनि बुढी भएकाले नातिनीलाई लगाइदिएको बताउँदै बुढी हराएका मुन्द्रा सम्झी सम्झी रुन थालिन् ।’ यसअघि बुढीले कहिल्यै मुन्द्राको कथा भनेकी थिइनन् तर कौशिकालाई ठूलो भएपछि आफ्नी नातिनीका कानमा लगाइदिनू मात्र भनेकी थिइन् । हतार-हतार कौशीका र उनकी आमा जुनेली रातमा केटाकेटी खेलेको ठाउँमा मुन्द्रा खोज्न गए तर भेटेनन् । भोलिपल्ट बिहानै खोज्न गए तर पनि भेटेनन् । बुढीलाई खपिनसक्नु पिर पर्‍यो ।

त्यसै दिन बिहान एकजना गरिब किसानको परिवार त्यहाँ आयो र केटाकेटी खेल्ने खुला ठाउँमा बस्ने तयारी गर्‍यो । किसानले बाँस जम्मा गर्‍यो र चिटिक्क बस्ने ठाउँ बनायो । किसानका जुनु र नुनु नामका साना छोरी थिए । उनीहरू पनि सानो घर देखेर औधी खुशी भए । बेलुकीपख जुनु र मुनुका बुबाआमा अन्न खोज्न वरपरका बस्तीमा गए । जुनु र नुनु सानो घरमा खेल्दै थिए उनीहरूले मुुन्द्रा भेटे ।

उनीहरूलाई खुल्दुली मानेर दिदीबहिनीले भने, ‘यति राम्रा मुन्द्रा कसका होलान् राखिदिनुपर्छ है’ । यति भनेर भेटिएका मुन्द्रा सुरक्षित राखे अनि बेलुका आफ्ना बुबाआमालाई देखाए । भेटीएका सामान फिर्ता गर्नुपर्छ भन्ने कुरा किसानले आफ्नो परिवारलाई सिकाएको थियो र ती मुन्द्रा पनि भोलि गाउँलेलाई सोधेर फिर्ता गर्नुपर्छ भनेर किसानको परिवार सुत्यो ।

भोलिपल्ट बिहानै यसुजाको आँगनमा एकजोडी राम्रा बालिका उभिए । एकैछिनमा एउटी बुढी ढोकामा आइन् र बालिकालाई घोरिएर हेरिन् । त्यति राम्रा बालिकालाई देखेपछि बुढीले रुखो स्वरमा नातिनीलाई ढोकैबाट बोलाइन् । यसुजा पनि तुरुन्त आइन् र ती बालिकालाई ट्वाल्ल परेर हेरिन् । बुढीले नातिनीलाई सोधिन्-‘यति राम्रा नानीहरू तेरा साथी हुन् ? यसुजाले होइन भनेर टाउको हल्लाइन् । बुढी पिँढीमा थचक्क बसिन् र अचम्म मान्दै बालिकालाई सोधिन् ‘को हौ नानी तिमीहरू ? कहाँबाट आयौ ? कठै ! यति राम्रा, किन आयौ ?’

जुनुले भनिन् ‘मेरो नाम जुनु म दिदी ऊ मेरी बहिनी नुनु । हामी हिजोदेखि त्यहाँ बस्न आएका, ऊ त्यो सानो घर हाम्रा बुबाआमाले बनाउनुभएको । हामीले त्यहाँ मुन्द्रा भेट्यौं । सोधेर दिनू भन्ने बुबाको आदेश छ, सोध्न आएका यी मुन्द्रा कसका होलान् चिन्नु हुन्छ हजुर ?’ बुढीले आत्तिएर जुनुका हातबाट मुन्द्रा खोसिन् र खुशीले फुरफुर नाचिन् । लामो सास फेरेर यसुजालाई देखाउँदै बुढीले भनिन् ।

‘यो मेरी नातिनी हिजो साथीहरूसँग खेल्न जाँदा हराएका यी मेरै मुन्द्रा हुन् । धेरै धन्यवाद छ सुन्दर बालिका । तिमीहरू त साह्रै इमानदार रहेछौ । यो मेरी नातिनी तिमीहरूकै उमेरकी छे साथी बन । मेरो बृद्धभत्ता आउँछ । म तिमीहरूलाई पढाउँछु । बेलुका तिमीहरूका बाबुआमालाई लिएर मकहाँ आउनू ।’ यति भनेर बुढी खुशीले नाच्दै घरभित्र पसिन् ।

बेलुकीपख उज्यालो जुन आकाशमा टहटह भएर झुल्कियो । यसुजाकी आमा र हजुरआमा किसानको कटेरोमा झुल्किए । जुनु र नुनुले उनीहरूलाई चिनिहाले तर किसानले नचिने पनि मीठो बोलीमा भन्यो, ‘किसानको दरबारमा स्वागत छ हजुर’ । बुढीले भनिन्, ‘ओहो ! बाबुआमा पनि कति असल । हामी तिमीहरूलाई लिन आएका । तिम्रा सन्तान साह्रै इमानदार रहेछन् । हाम्रा हराएका मुन्द्रा भेटेर दिए । यस्तो पो छिमेकी । मेरी नातिनी पनि जुनु र नुनुलाई साथी बनाएर खेल्ने रे, एउटै उमेरका सँगै बस्ने रे । मेरो प्रशस्तै जमिन छ आधा जमिनमा गरी खानु’ ।

यति भनेर उनीहरू त्यहाँबाट फर्किए । त्यस रात किसानले मनमनै सोच्यो-‘ओहो ! इमानदार हुनु त साह्रै जाति पो रहेछ । जे रोप्यो त्यही फल्दो रहेछ । यति सोचेर किसानले जुनु र नुनुको अनुहारमा हे¥यो । निदाए पनि ती बालिकाको कलियो अनुहार बत्तीको उज्यालोमा ताराहरू चम्के झैँ चम्किरहेका थिए ।

भोलिपल्टदेखि किसान परिवार यसुजाको घरमा सधैँका लागि बसाइँ स¥यो । यसुजा, जुनु र नुनु मिल्ने साथी भए । खुशी हुँदै बुढीले भनिन्- मेरा तीनवटा नातिनी भए । बुढीले जुनु र नुनुलाई यसुजासँगै स्कुल पठाउन थालिन् । किसान र उसकी श्रीमती बुढीको जमिनमा रमाउँदै काम गर्न थाले । किसानको जीवन फेरियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?