सडकपेटीमा सामान, कसरी हिँड्ने ? (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । पैदलयात्रुका लागि बनाइएका सडकपेटी । त्यसमाथि साँघुरा, कहीँ ती साँघुरा सडकपेटी देख्नै मुस्किल । सवारीसाधनसँग हुने दुर्घटनाबाट जोगिन पनि सडकपेटी आवश्यक छ, अझ सहरमा त झनै आवश्यक छ ।

सर्वसाधारणका लागि बनाइएका सडकपेटी त अहिले सहरमा अतिक्रमणको चपेटामा परेको छ । अझ राजधानीजस्तो सहरमा त बनेका सडकपेटीमा पैदल यात्रुले सहज रूपमा हिँड्न सक्ने अवस्था पनि छैन । दुर्घटनाको जोखिम न्यूनीकरणका लागि पैदलयात्रु हिँड्न बनाइएका सडकपेटीमा पसल तथा निर्माण सामग्री राख्दा सर्वसाधारणले सास्ती खेप्नुपर्ने राजधानीको नियति नै बनेको छ ।

राजधानीका बासिन्दा आनन्दसँग सडकपेटी (फुटपाथ) मा हिँड्न पाउनुपर्ने बारम्बार आवाज उठे पनि कार्यान्वयन फितलो हुँदा पैदलयात्रुले सास्ती खेप्नुपरेको हो । पैदलयात्रुका लागि बनाइएका सडकपेटीमा व्यवसायीहरूले जथाभावी पसल राख्ने, ठेला राख्ने, साना व्यवसायीले फुटपाथमै पसल थाप्ने तथा घरधनीहरूले निर्माण सामग्री थुपारीदिँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।

नियमनकारी निकायको बेवास्ता, नियम–कानुनको अवज्ञा गर्दै सडकपेटी अतिक्रमणमा पर्नु भनेको पैदलयात्री दुर्घटनाको जोखिममा परेको मान्न सकिन्छ । राजधानीमा बढ्दो सवारीसाधनको चाप, सडकपेटी अतिक्रमणले पनि दुर्घटनाका समाचारहरू बारम्बार सुन्नु र भोग्नुपरेको राजधानीका बासिन्दाको अनुभव छ ।

ऐनको अवज्ञा गर्दै सडक पेटीमा सञ्चालन हुने पसल र जथाभावी सामग्री राख्ने प्रवृत्तिले सवारी दुर्घटनाको जोखिम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले पनि पुष्टि गरेको छ ।

सडकपेटी अतिक्रमणले दुर्घटनाको जोखिम त बढेको छ नै राजधानीको सौन्दर्यमा पनि ह्रास आएको छ । सडकपेटी अतिक्रमले कुरुप बनेको राजधानी तथा सर्वसाधारणलाई परेको असरबारे हामीले तस्बिर कथा प्रस्तुत गर्दै छौं । हेरौं थप तस्बिरः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?