सरकारले क्षणिक लाभ लिनेकुरा मात्रै सोचेको छ : मदनकृष्ण श्रेष्ठ

Read Time = 5 mins

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धेरै आम्दानी हुने र पैसा पाइहाल्ने काममा मात्रै सरकारले सोच्ने गरेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको बताउनु भयो । उहाँले सरकारले देशको भविष्य सोचेर पेट्रोल र डिजेलमा विदेशीएको लाखौँ रुपैयाँ रोक्न सक्नुपर्ने बताउनु भयो । उहाँले सरकारले देशबाट डिजेल र पेट्रोलमा विदेशीएको रकमलाई रोक्न पूर्ण विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले नेपालबाट विदेश जाने अर्बौं रुपैयाँ रोक्नसके अर्थतन्त्रमा अपेक्षाकृति सुधार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिएर डिजेल, पेट्रोलबाट चल्ने सामग्री बिस्थापित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशले निर्यात गरेर कमाउने कुनैपनि श्रोतहरु नदेख्दा भावी सन्ततीले के गर्लान् भन्ने चिन्ता लागेको बताउनु भयो । उहाँले देशभर नै विद्युतीय सवारी सञ्चालन गर्ने नियम बनोस् भन्ने आफ्नो चाहना रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जोर बिजोर हुँदा धेरै गाह्रो थियो, नेपाल बन्द हुँदा । दुई वटा गाडी त थियो तर जोर नै परेछन् दुवै । एकपटक बिजोर गाडी किन्नुपर्छ भनेर गयौँ । डिगोमा जाँदा विद्युतीय गाडी आएको रहेछ । ब्राण्ड एम्बास्डर बस्नु न भन्नुभयो । किनेपनि त्यो गाडी चढ्दा बडो मजा आयो । अरु बेलामा त्यहाँसम्म पु¥याइदिनुन भन्दा पनि पेट्रोल खर्च हुन्छ भनेर मनले मान्दैन थियो । बिजुली गाडीमा त पैसा खर्च नहुने जहाँ लगेपनि हुन्छ भन्ने स्थिति बन्यो । पेट्रोल पम्पमा भीड देख्दा पनि केही न केही लाग्थ्यो आफूलाई । देशभर विद्युतीय गाडी चले कति राम्रो हुन्थ्यो भन्ने लाग्छ । पेट्रोल, डिजेलका कारण हाम्रो डलर धेरै नै बाहिर बगिरहेको देख्न सकिन्छ । भविष्य देखेर नरमाइलो लाग्छ । भावी सन्ततीले कसरी जीवन बिताउलान् भनेर चिन्ता लाग्छ । देशमा कुनैपनि सोर्स नभएको देख्दा चिन्ता लाग्छ । विद्युतीय भेकल बढाउने र डिजेल, पेट्रोल डिस्करेज हुँदै गए खर्बौं रुपैयाँ जोगिन्छ । गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको छ, तर खल्ती प्वाल परेको छ, सबै विदेश जान्छ । आम्दानी नआएपनि नेपालको खर्च रोक्नसके धेरै राम्रो हुन्छ । विद्युतीय गाडी सबैतिर चल्ने नियम बनोस् । आम्दानी हुने र पैसा पाइहाल्ने भन्नेतिर मात्रै सरकारको सोच देखिन्छ । सरकारले भविष्य सोचोस् । इलेक्ट्रिकमा डाइभर्ट गरोस् । विद्युतीय चुल्होमा खाना पाकोस् ।’

वरिष्ठ कलाकार श्रेष्ठले देशभर विद्युतीय सवारी सञ्चालन गर्नसके देशले थोरै भएपनि प्रगति गरेको छ भन्नसक्ने अवस्था रहने भन्दै पूर्ण विद्युतीय सवारीसाधनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?