सडक स्तर उन्नतिमा सक्रियता

Read Time = 5 mins

-रोशी शर्मा
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले काठमाडौं शहरमा मापदण्ड मिचेर बनाएका घर टहरा भत्काउन थाले पछि ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा ५ साविक टिकाथलीमा नेपाल काँग्रेसबाट उम्मेदवार भई वडा अध्यक्ष निर्वाचित भएका अधिवक्ता कपिल के.सीले टिकाथली गोदावारी पुल, देखी खरिवोट भगवती मन्दीर बालकुमारी बालकोट सडक खण्ड सम्मको बाटोलाई २४ फिटको बनाउँदै इतिहास रच्ने कार्य सुरु गर्नुभएको छ ।

तत्कालिन समयमा टिकाथली गाउँ विकास समितिमा २० बर्ष र महालक्ष्मी नगरपालिका वडा ५मा नेपाल कम्युनिष्ट पार्टी एमाले समर्थित राजकुमार सिल्लवालले २५बर्ष सम्म उच्च मूल्याँकन गर्नैपर्ने खालको एउटा पनि कामगर्न सकेनन् । त्यसैको परिणाम स्थानीयबासीहरुले नेपाली काँग्रेस समर्थित अधिवक्ता कपिल के.सी.लाई वडा अध्यक्षको जिम्मेवारी सुम्पीन पुगे ।

टिकाथलीका बिभिन्न भित्री बाटोहरुको स्तरउन्नती देखि ढल, पिउने पानी, बत्ति बाटो लगायतका कार्य योजना अगाडी सारेर सक्रियता देखाउँदै सामाजिक कार्यमा अगाडी बढेका अधिवक्ता के.सी स्थानीय जनताका प्रिय बन्नुभएको छ ।

पूर्व वडा अध्यक्ष राजकुमार सिल्लवालले प्रत्येक घरबाट ५०, पचारहजार रुपैयाँ संकलन गरी घट्टेकुलो र राजकुलोमा परेका स—साना बाटाहरु बढाउने र ढलपाईप विछ्याउने कार्य योजना बनाउँदै रकम संकलन गरेता पनि कार्य सम्पन्न भएको थिएन ।

विगतमा स्थानीय टोलबासीको सक्रियतामा भित्रीबाटोको स्तरउन्नतीका लागि टिका रिजालको पहलमा दशलाख रुपैयाँ राज्यबाट सहयोग भएको भएता पनि राम्रो हुन नसकेकोमा चिन्तित रहिरहेका टोलबासीहरु वडा अध्यक्ष कपिल के.सी.को नेतृत्वमा रहेको वडा समितिका पदाधिकारहरुको सक्रिय देखेर खुशी भएका छन् ।

टिकाथली सेतीनाग कोलनी मार्गको बाटो र आदर्श टोलको बाटो स्तरउन्नती गर्दै सिमेन्ट व्लक विछाउने कार्य सम्पन्न भएको छ । वडा अध्यक्ष कपिल के.सी र वडा सदस्य राजिव से.सी लगायतका सदस्यहरुको सक्रियतामा टिकाथली गोदावारी पुल, देखी खरिवोट भगवती मन्दीर बालकुमारी बालकोट सडक खण्ड सम्मको बाटोलाई २४ फिटको बनाउँदै इतिहास रच्ने कार्य गरेका छन् । टिकाथली बासीहरुले लाखौ रुपैयाँ पर्ने जग्गा रोपनी, आना, घर कम्पाउण्ड जे जस्तो भएता पनि बाटोको लागि आवश्यक भएको स्थानमा भत्काएर बाटोको स्तर उन्नती बढाउन सफल हुनु भएको छ ।

बालकुमारी बालकोट सडक खण्ड हिलाम्मे भएर हिडीनसक्नु भएको धेरै बर्ष भई सकेको थियो । बाटोको स्तरउन्नती गराउँन वडा स्तरबाट पहल गरेता पनि खासै केही प्रगति हुन सकेको थिएन । भक्तपुरको बालकोट देखि चागाँथली, टिकाथली, बालकुमारी लगायका स्थानबाट हजारौ व्यक्तिहरुको आवतजावत हुने मुल सकडको गति हिलाम्मे भएर हिड्डुल गर्न गाह्रो भई रहेकोमा वडा अध्यक्ष के.सींको नेतृत्वमा रहेको समितिको सक्रियरहेकोमा स्थानीबासी खुशी व्यक्त गर्दछन् ।

ढलको निकास नहुँदै घर घरमा ढल खन्ने र पाईप विछ्याउने योजना बनाई रकम संकलनलाई प्राथमिकता दिएका तत्कालिन वडा अध्यक्ष सिल्लवालको कारणले आज टोलबासीहरु ईनारलाई ट्वाईलेट बनाउन बाध्य देखिन्छन् ।
पहिलाको जस्तै गोदावारी खोला बढेर आयो भने टिकाथली भित्रका टोलबासीहरु डुवानमा पर्ने निश्चित देखिन्छ । समयमा नै यस्को निकासा नखोज्ने हो भने राज्यले ठूलो क्षती व्यर्होनुपर्ने स्थानीय बासीहरु बताउछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?