विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्यो भारत

Read Time = 2 mins

नयाँदिल्ली । भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भएको छ । बेलायतलाई पछि पार्दै भारतले यो स्थान चुम्न सफल भएको हो । बेलायत एक स्थान खस्किँदै छैटौं स्थानमा झरेको छ । ब्लुमवर्गको रिपोर्टअनुसार सन् २०२१ को तेस्रो त्रैमासमा भारतले अर्थतन्त्रको आकारको हिसाबमा बेलायतलाई उछिनेको हो । यो गणना अमेरिकी डलरको आधारमा गरिएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका अनुसार कूल घरेलु उत्पादनको तथ्यांकअनुसार भारतले यो आर्थिक वर्षको पहिलो तीन महिनामै बेलायतलाई पछि पारेको हो । भारतमा अप्रिलदेखि नयाँ आर्थिक वर्ष सुरु भएको हो ।

भारतीय अर्थतन्त्रको आकार नोमिनल क्यास टम्र्समा आठ खर्ब ५४ अर्ब ७० करोड डलर छ । बेलायतको अर्थतन्त्रको आकार भने ८ खर्ब १६ अर्ब डलर छ । यस वर्ष भारतको अर्थतन्त्र सात प्रतिशतले बढ्ने अनुमान छ ।

पछिल्लो समय बेलायतको अर्थतन्त्र भने खस्किँदो छ । बेलायतका नयाँ प्रधानमन्त्रीलाई मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनु ठूलो चुनौती हुनेछ । सेप्टेम्बर ५ मा बेलायतमा प्रधानमन्त्रीका लागि निर्वाचन हुँदै छ । अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिका छ । त्यसपछि चीन, जापान र जर्मनी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?