गुम्बाडाँडामा शर्माको सालिक स्थापना

हिमालय टाइम्स
Read Time = 2 mins

हेटौंडा । वामपन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्यामप्रसाद शर्माको अर्धकदको सालिक अनावरण गरिएको छ । हेटौंडा-१८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्यामप्रसाद स्मृति पार्कमा रहेको उहाँको सालिक मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनावरण गर्नुभएको हो ।

सालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले नेपाली माटो सुहाउँदो माक्सवादी विचार प्रवाह गर्दै साहित्य, राजनीतिक र पत्रकारिताको क्षेत्रबाट शर्माले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । समाज परिवर्तनका लागि विचार महत्वपूर्ण विषय भएकाले यस्ता अभियान्ताहरूको सधैं सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिष्ठानका उपाध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष सूूर्यचन्द्र न्यौपाने, श्री ज्योति माध्यामिक विद्यालय सञ्चालक समितिका अध्यक्ष हर्क रम्तेल, युवा स्रष्टा छवि अनित्यलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

१९८६ असार ६ गते मकवानपुरको तत्कालीन मन्थली गाविसमा जन्मिनुभएका शर्माका एक दर्जन बढी साहित्यकि कृति प्रकाशित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?