टान कार्यसमितिद्वारा पदभार ग्रहण

Read Time = 2 mins

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेको छ । गत साउन ३० गते सम्पन्न टानको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले शनिबार एक कार्यक्रमबीच पदभार ग्रहण गराएको हो ।

टानका निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले नवनिर्वाचित अध्यक्ष नीलहरी बास्तोलालाई कार्यालयको चाबी बुझाउँदै सफल कार्यकालका लागि शुभकामना दिनुभयो । बास्तोला प्यानलसहित निर्वाचित हुनुभएको हो । विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा समर्पित बास्तोला सन् २००२ मा टानको साधारण सदस्य बन्नुभएको थियो । सोलुखुम्बु निवासी बास्तोला सन् २०१३-२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७-२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष बास्तोलाले टानलाई नयाँ उचाइमा पु¥याउन आफू लागिपर्ने बताउनुभएको छ ।

टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सह-कोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित हुनुभएको थियो ।

महिला सदस्यमा सजना त्रिपाठी, खुला सदस्यमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?