Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

सार्वजनिक जग्गा संरक्षण अभियन्ता सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

ललितपुर । ललितपुर महानगरपालिका-२५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका खेल्ने स्थानीय समाजसेवीहरू सम्मानित भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एक सय चारजनाभन्दा बढी अभियन्तालाई सम्मान गर्नुभएको हो ।

खोकना दोबाटोस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा भूमाफियाले व्यक्तिका नाममा लैजाने प्रयास गरेपछि मन्त्री भुसालको अगुवाइमा एक सय चारजनाको संरक्षण समिति बनाएर सामूहिकरूपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । संरक्षण समितिका सदस्यको सक्रिय पहलमा जिल्ला अदालत र पुनरावेदन अदालतले समुदायको नामको जग्गा व्यक्तिको हुन नसक्ने फैसला गरेपछि सो जग्गा छ्यासिकोट सामुदायिक स्वास्थ्य भवन संरक्षण समितिको नाममा अर्थात् सार्वजनिकरूपमा कायम भएको छ ।

सो अवसरमा समितितर्फबाट मुद्दाको नेतृत्व गर्ने वरिष्ठ अभिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, अन्य वकिल तथा संरक्षण समितिका अध्यक्ष कृष्णहरि खड्कासहित सदस्य एवं अन्य समाजसेवीलाई मन्त्री भुसालले सम्मान गर्नुभएको हो । हाल उक्त जग्गामा बनेको भवनमा स्थानीयले स्वास्थ्य शिविर एवं ध्यानयोग सञ्चालन गर्दै आएका छन् । समितिका सचिव रघुनाथ खड्काका अनुसार २०५१ सालदेखि निरन्तर समुदायको पक्षमा संघर्ष गर्दै आएर गत साउन १६ गते भएको उच्च अदालतको फैसलाले सार्वजनिक जग्गा व्यक्तिको हुनबाट जोगिएको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले एकपटक समुदायमा हस्तान्तरण गरिएको जग्गा पुनः व्यक्तिको हुन नसक्ने बताउँदै जग्गाधनी धनमाया महर्जनले विगत ३० वर्षअघि नै समुदायलाई हस्तान्तरण गरेको जग्गामा विभिन्न हकवालाको नाममा पार्ने प्रपञ्च भएकाले त्यस्ता गविधिविरुद्ध एक भएर लाग्न आग्रह गर्नुभयो । मन्त्री भुसालले भूमाफियाविरुद्ध एकताबद्ध भएर स्थानीय जनताले मुद्दा दायर गरेको र सबैको पहलले जनताको सम्पत्ति जनताकै नाममा रहने स्थिति सिर्जना भएको बताउनुभयो । प्रदेशसभा सदस्यद्वय राजकाजी महर्जन र जीवनराम श्रेष्ठले सार्वजनिक सम्पत्ति संरक्षणका लागि समुदाय नै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?