असोजमा नेपाल-पाकिस्तान व्यापार मेला

Read Time = 3 mins

काठमाडौं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी असोज पहिलो साता काठमाडौंमा हुने भएको छ । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तला डिइसिसीमा असोज १ देखि ६ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ मेला आयोजना हुने भएको हो । पाकिस्तान र नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकला, लत्ताकपडा, साडी, कुर्था, बेडसिट, जुत्ता-चप्पल, नक्कली गरगहनालगायतका सामग्री रहने आयोजकले जनाएको छ । दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।

मेलाका लागि पाकिस्तानी राजदूतावास, ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र भक्तपुर चेम्बर अफ कमर्श, युनाइटेड वल्र्ड ट्रेड सेन्टर र एडिएसलगायतको साथ रहने आयोजकले जनाएको छ । काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष मेला हुँदै आएको छ ।

आर्थिक गतिविधिलाई बढावा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि मेलाहरू फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका प्रबन्ध निर्देशक सुमन महर्जनले बताउनुभएको छ । आयोजकका अनुसार व्यापार प्रवद्र्घनका लागि अतिथि राष्ट्रमा भारत र बंगलादेशका स्टल पनि रहनेछन् भने मेलाको आकर्षणका रूपमा खानाका लागि विभिन्न देशका स्वादमा फुड स्टल, बालबालिकाका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रम रहनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?